हरिपुर्वा नपाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत नआउन्जेल सम्म आर्थिक तथा प्रशासनिक कार्य गर्नका लागि निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा पशु चिकित्सक डा. महेशी राय यादव संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलद्वारा नियुक्त हुनुभएको छ।
हरिपुर्वा नगरपालिका वडा नं. १ को वडाध्यक्ष ईसहाक मियाँ अन्सारीको आज मिति २०७५/०६/०५ मा बिहान करिब १०ः४५ मा घरमा भएको अवस्थामा मृत्यु भएको छ। यस दुखड घडीमा शोक सन्तप्त परिवार जनप्रति हार्दिक सम्वेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना इश्वर संग गर्दछौ ।- हरिपुर्वा नगरपालिका परिवार