सूचना
माघ १४ गते मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ निशुल्क छोरी शिक्षा बीमा शिविरमा सहभागी हुने बारे अत्यन्त जरुरी सुचना
प्रदेश सरकार, प्रदेश नं. २ को महाअभियान "मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा शिविर कार्यक्रम कार्यतालिका अनुसार यस नगरपालिकामा पनि मिति 2075 साल माघ 1 गते पछी जन्मिएका छोरीहरुको निशुल्क छोरी शिक्षा बीमा तथा स्वास्थ्य परिक्षण शिविर तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित अभिभावकहरु तपशिलको कागजातहरु सहित अनिवार्य उपस्थित भई आ-आफ्ना छोरीहरुको निशुल्क छोरी शिक्षा बीमा तथा स्वास्थ्य परिक्षण गराउनु हुन यो सुचना प्रकाशन गरिएको छ।