सूचना
संक्षिप्त परिचय
हरिपुर्वा नगरपालिका २०७३ फाल्गुन माहिनामा नेपाल सरकारको निर्णय अनुसार साविक गाविसहरु हरिपुर्वा, बसन्तपुर र धनकौल पुर्व सम्मिलित गरी गठन गरीएको नगरपालिका हो । यो नगरपालिका मधेश प्रदेश भित्र पर्ने सर्लाही जिल्लाको दक्षिण पुर्वमा अवस्थित रहेको नगरपालिका हो। यो नगरपालिका जम्मा ९ वटा वडामा विभाजन गरीएको छ । हरिपुर्वा बजार वडा नं ५ यसको प्रमुख केन्द्र भई नगरपालिकाको कार्यालय स्थापित रहेको छ।
भौगोलिक अवस्थिति | सिमाना | जनसंख्या | पर्यटकिय क्षेत्रहरु |
---|---|---|---|
प्रदेश ः मधेश प्रदेश प्रदेश (राजधानी): जनकपुरधाम जिल्लाः सर्लाही निर्वाचन क्षेत्रः ४ क्षेत्रफलः ३०.५० वर्ग किमि, ४५०३ बिघा वडा संख्याः ९ उचाईः ९०-१०० मि. |
पूर्वः हल्दी खोला र महोत्तरी जिल्ला पश्चिमः ईश्वरपुर न.पा., ब्रह्मपुरी गा.पा.,पर्सा गा.पा. उत्तरः ईश्वरपुर न.पा. दक्षिणः पर्सा गा.पा. अवस्थिति अक्षांशः २६.८७२०२१-२६.९५६४७१ देशान्तरः ८५.६५८५३१-८५.७२१७४२ |
कुल जनसंख्या: ३८३८६ (घरधुरी सर्बेक्षण २०७५ अनुसार) महिलाः १८३४८ पुरुषः २००३८ जनघनत्व: १२५८ घरधुरी: ६१२९ शिक्षीत प्रतिशतः ३८.६६ |
धर्मनाथ महादेव(३) राम जानकी मठ (२)(५)(९) महादेव मन्दिर (९) सल्हेश पोखरी (मठ/मन्दिर)(१) परमहंस मन्दीर(१) महारानी(२) कालिका मन्दिर(६) |